बुध ग्रहको राशि परिवर्तन, कसलाई हुन्छ शुभ ?

ज्योतिषशास्त्रमा बुध ग्रहलाई बुद्धि, वाणी एवं आत्मविश्वासको ग्रह मानिएको छ । बुध ग्रहको प्रभावबाट व्यक्तिले समाजमा प्रतिष्ठा, लाभ र मान–सम्मान प्राप्त गर्छन् । आफ्नो खगोलीय गतिअनुरूप बुध ग्रह यहि कात्तिक १६ गते मंगलबार (२ नोभेम्बर) देखि राशि परिवर्तन गरी कन्या राशिबाट निस्किएर तुला राशिमा प्रवेश गर्दै छन् ।
बुध मंसिर ५ गते आइतबार (२१ नोमेम्बर) सम्म यही राशिमा रहनेछ भने त्यसपछि वृश्चिक राशिमा जानेछ । बुध ग्रहको राशि परिवर्तनबाट विभिन्न राशिमा विशेष प्रभाव पर्नेछ । हेरौं बुध ग्रहको राशि परिवर्तनले कुन राशिका स्वामीहरूलाई दिँदै छ शुभ समाचार ।
मेष : बुध ग्रह को राशि परिवर्तन मेष राशिका मानिसका लागि शुभ समाचार लिएर आएको छ । यो राशि परिवर्तनका कारण मेष राशिका मानिसहरूले कारोबार र धन निवेशबाट लाभ प्राप्त गर्न सक्नेछन् । वैवाहिक जीवन सुमधुर रहनेछ भने अविवाहित वयस्कहरूको विवाहको कुरा चल्न सक्छ । परिवारका सदस्यहरूको पनि उन्नति हुनेछ ।
कर्क : कर्कट राशिका लागि बुधको राशि परिवर्तनले नयाँ अवसर सृजना गर्नेछ । व्यापार –व्यवसायको क्षेत्रमा नयाँ योजनाबाट लाभ लिन सकिनेछ । बुद्धिको कुशलतामा वृद्धि हुनेछ जसबाट छात्र–छात्राहरूले शिक्षा तथा व्यवसायिहरूले कारोबारको क्षेत्रमा सफलता हासिल गर्न सक्छन् । समाजिक प्रतिष्ठा पनि वृद्धि हुनेछ ।
कन्या : बुध ग्रह राशि परिवर्तन गर्दै कन्या राशिबाट तुला राशिमा प्रवेश गर्दै छन् । यो राशि परिवर्तनले कन्या राशि हुनेहरूको नोकरीमा उन्नतिको अवसर सिर्जना गर्छ । आयमा वृद्धि हुने सम्भावना छ भने समाजिक प्रतिष्ठा तथा सम्मानमा समेत वृद्धि हुनेछ ।
मकर : बुध राशिको स्थान परिवर्तन मकर राशिको दशम भावबाट एघारौं भावमा हुँदै छ । यसले करियर र नोकरीको क्षेत्रमा उन्नतिको अवसर जुटाउनेछ । परिवारका सदस्यहरू बाट भरपूर सहयोग पाइनेछ । धनलाभको सम्भावना प्रवल देखिन्छ ।
प्रतिक्रिया