बैंक खाताबिनै काम चलाउनेहरु…

काठमाडौं । अहिलेको अवस्थामा सबै किसिमका आर्थिक कारोबार बैंकमार्फत गरिन्छ । सरल र भरपर्दो भएको कारण मानिसहरूको यसप्रति आकर्षण बढेको हो । विकसित मुलुकहरूमा त अझ सामान्य दैनिक कारोबार ई-बैंकिङमार्फत गरिन्छ । विश्वका विकसित मुलुकलगायत अन्य राष्ट्रका नागरिक अझै बैंक सेवाको उपयोग नगरी जीवन चलाइरहेका छन् ।
चीन
बैंकिङ सेवाबाट वञ्चित सबैभन्दा बढी मानिस चीनमा छन् । संसारकै ठूलो जनसंख्या भएको चीनमा २२.५ करोड मानिसको कुनै पनि बैंकमा खाता छैन ।
भारत
बैंकिङ व्यवस्थाले नछोएका संसारका ११ प्रतिशत मानिस भारतमा बस्छन् । भारतका १९ करोड मानिसले कुनै पनि बैंकमा खाता खोलेका छैनन् ।
पाकिस्तान
भारतपछि तेस्रो स्थानमा छ पाकिस्तान । जहाँ करिब १० करोड मानिसको जीवन बैंक खाता वा बैंकिङ सेवाबिनै चलिरहेको छ ।
इन्डोनेसिया
यो मामिलामा इन्डोनेसिया, पाकिस्तानभन्दा धेरै पछाडि छैन । इन्डोनेसियामा करिब ९.५ करोड मानिससँग बैंक खाता छैन ।
नाइजेरिया
अफ्रिकी देश नाइजेरियामा करिब ६.२७ करोड मानिसले बैंक खाता खोलेका छैनन् ।
मेक्सिको
मेक्सिकोमा बैंक खाताबाट वञ्चित हुनेहरुको संख्या करिब ५.८ करोड छ ।
बंगलादेश
बैंकिङ सेवाका दृष्टिले बंगलादेशको स्थिति पनि खासै राम्रो छैन । बंगलादेशका करिब ५.७ करोड मानिसले अहिलेसम्म बैंक खाता खोलेका छैनन् ।
भियतनाम
भियतनाम यो सूचीको आठाैं स्थानमा छ । भियतनाममा करिब ४.९ करोड मानिसको जीवन बैंक खाताबिनै चलिरहेको छ ।
ब्राजिल
ब्राजिलमा बैंक खाताबिना जीवन गुजारा गर्नेहरुको संख्या ४.८ करोड जति छ ।
फिलिपिन्स
फिलिपिन्सका करिब ४.६ करोड मानिसले अहिलेसम्म कुनै पनि बैंकमा खाता खोलेका छैनन् ।
प्रतिक्रिया