बुधबार, वैशाख २६, २०८१

२५ दिनमै सकियाे ‘उचाइ’को छायांकन

नेपालखोज २०७८ कार्तिक १४ गते १५:२६


काठमाडौं । बलिउड चलचित्र ‘उचाई’को नेपालको छायांकन सकिएको छ । नेपालमा २५ दिनको छायांकन सकेर बलिउड फिल्म ‘उचाई’ले नेपालको छायांकन तालिका सकाएको छ ।

दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा छायांकन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो । खोटाङको नाम्चेदेखि मनाङका विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रको शुक्रबार पहिलो तालिकाअन्तर्गतको छायांकन सकिएको छ भने दोस्रो भारतका विभिन्न स्थानमा हुने राजश्री प्रोडक्सनले जनाएको छ ।

उक्त प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायांकन नेपालमा ४ अक्टोबरबाट सुरु भएको थियो । काठमाडौंमा ह्यात होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो ।

सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकारले नेपाल आएर छायांकन गरिएको थियो ।

चलचित्रमा अमिताभ बच्चन भए तापनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर छायांकन गरिएको थियो । चलचित्रका निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौं फर्किसकेका छन् । चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएको छ । रासस

प्रतिक्रिया