नेपालमा कोरोना संक्रमण निको हुने दर ९७.४ प्रतिशत पुग्यो

नेपालखोज २०७८ कार्तिक १४ गते १६:३५

काममाडौं । नेपालमा कोरोना भाइरस संक्रमण निको हुने दर ९७ दशमलव ४ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ९१ हजारर ७८७ पुगेको छ । गत चौबीस घण्टामा देशभरका अस्पतालहरुबाट थप ५१८ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।

त्यस्तै गत चौबीस घण्टामा थप ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ५ हजार ७३१ जनाको पीसीआर परीक्षण गर्दा ३७६ र २ हजार १६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३२ जना गरि कुल ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १२ हजार ५७० र एन्टीजेन विधिबाट ९४ हजार ५३५ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ मा झरेको छ ।

त्यस्तै गत चौबीस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ४०७ पुगेको छ ।

प्रतिक्रिया