किन जाँदै छन् आज एमाले अध्यक्ष ओली चितवन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदैछन् । सडक मार्ग हुँदै ओली चितवन जान लागेका हुन् । उनी त्यहाँ दुई दिन बस्ने एमालेले जनाएको छ ।
ओलीले दासढुंगामा रहेको मदन आश्रित पार्कमा मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
चितवन बसाइका क्रममा अध्यक्ष ओलीले केन्द्रीय महाधिवेशन स्थल नारायणी नदी किनारको अवलोकन तथा केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्घाटन गर्ने छन् ।
ओलीले आजै एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको समेत उद्घाटन गर्नेछन् । उनले महाधिवेशनको बन्दसत्र हुने सौराहा क्षेत्रको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
चितवन बसाइकै क्रममा ओली माडी अयोध्याधामसमेत पुग्ने छन् । अध्यक्ष ओलीसँगै एमाले स्थायी समिति सदस्यद्वय रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डेलगायत केन्द्रीय नेतासमेत चितवन जाँदै छन् ।

प्रतिक्रिया