सर्वोच्चका न्यायाधीशले आज पनि मुद्दा नहेर्ने, सेवाग्राही मर्कामा !
नेपालखोज
२०७८ कार्तिक १५ गते १०:१२

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका सर्वोच्चका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने भएका हुन् ।
प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै आएको छ ।
प्रप्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् ।
अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन्। यसका कारण टाढाबाट आएका सेवाग्राहीहरु पनि मर्कामा परेका छन् ।
सम्बन्धित

प्रतिक्रिया