सर्वोच्च परिसरमा आज पनि प्रदर्शन !

नेपालखोज २०७८ कार्तिक १५ गते ११:४५
फाइल तस्बिर ।


काठमाडौं । कानुन व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै उनीहरुले आज पनि प्रदर्शन गरेका हुन् ।

उनीहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहितको कालो ब्यानर बोकेर उभिएका छन् । १६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै आएको छ ।

प्रतिक्रिया