टी–२० क्रिकेट वरियतामा नेपालको एक स्थान सुधार
नेपालखोज
२०७८ कार्तिक १५ गते १४:४०

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औं स्थानमा पुगेको हो ।
यसअघि नेपाल १४औं स्थानमा रहेको थियो । वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।
सम्बन्धित
प्रतिक्रिया