गठबन्धलाई एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन महासचिव पोखरेलकाे चुनौती

नेपालखोज २०७८ कार्तिक १५ गते १७:४४

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौती दिए ।

सोमबार नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ को बधाइ तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिएका हुन् ।

उनले एमालेकोविरुद्धमा अहिले एउटा गठबन्धन तयार रहेको बताउँदै उक्त गठबन्धनले संविधान र कानुनलाई ठाडो उल्लंघन गरिरहेको आरोपसमेत लगाए ।

महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले राजनीतिक अस्थिरता पैदा गरेको, विकास निर्माणका कामलाई रोकेको र कानूनलाई ठाडो उल्लंघन गरेको बताए । उनले अहिलेको गठबन्धन सरकार विदेशीको अघि घुँडा टेक्नसमेत पछि नपरेको दाबी गरे ।

महासचिव पोखरेलले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा विदेशी पार्टीहरुलाई बोलाएको र लगभग ५ लाख जनताको उपस्थितीमा महाधिवेशनको उद्घाटन गर्ने बताए ।

उनले देशबासीको नाममा नेकपा एमाले विगतको भन्दा सशक्त ढंगले अघि बढ्ने बताउँदै मुलुकलाई नयाँ संकल्पसहित अघि बढाउने योजनामा रहेको बताए ।

प्रतिक्रिया