प्रधानन्यायाधीशले आजका लागि तोके ९ मुद्दाको पेसी
नेपालखोज
२०७८ कार्तिक १७ गते ११:०५

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएका छन् ।
उनले तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका हुन् । पेशी तोकिएका सबै मुद्दामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन् ।
प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो इजलास भने तोकेका छैनन् । प्रधानन्यायाधीश जबरासँग इजलास शेयर गर्न नसकिने भनेर न्यायाधीशहरूले अडान कायम राखेका कारण जबराले आफू बाहेकको इजलास तोकेका छन् ।
सम्बन्धित

प्रतिक्रिया