गृहमन्त्री खाँणले गरे डुबान क्षेत्रको निरीक्षण

नेपालखोज २०७८ कार्तिक १७ गते १३:३७

काठमाडौं । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय सिगास गाउँपालिका ५ ढुंगारस्थित सेती नदीबाट भएको डुबानको स्थलगत निरीक्षण गरेका छन् ।

सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडी जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उनी आज त्यहाँ पुगेका हुन् ।

गत असोजको अन्तिम साता र यही कात्तिकको पहिलो हप्तामा आएको बाढीबाट ढुंगारमा सेती नदीबाट १२५ भन्दा घरबस्ती डुबानमा परेको थियो । ढुंगार पश्चिम सेती जलविद्युत् आयोजनाको डुबान क्षेत्र पनि हो ।

निरीक्षणपछि गृहमन्त्री खाँणले नदी डुबान क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन सरकारले सम्पूर्ण रुपमा मद्दत गर्ने स्थानीयवासीलाई आश्वासन दिए ।

प्रतिक्रिया