गृहमन्त्रीले भने- डडेलधुरा, बैतडी र बझाङलाई विपत्‌ग्रस्त क्षेत्र घोषणा गर्छौं

नेपालखोज २०७८ कार्तिक १७ गते १९:०९

काठमाडौं । कार्यबहाक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले बाढि पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको सुदूरपश्चिमका डडेलधुरा, बैतडी र बझाङलाई विपतग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छन् ।

बुधबार हेलिकप्टरमार्फत् ती जिल्लाहरुको बाढि पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि उनले बझाङमा आयोजित एक कार्यक्रममा विपतग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छन् । कार्यबहाक प्रधानमन्त्री खाँणले बाढि पहिरो प्रभावित पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथरलगायतका प्रभावित जिल्लालाई पनि विपदग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले पीडितहरुलाई राहत दिने, घाईतेहरुको उपचारको व्यवस्था गर्ने र हराईरहेकाहरुको खोजी गर्ने कार्यलाई सरकारले निरन्तररुपमा अघि बढाईरहेको पनि स्मरण गराए । सरकारले बाढि पहिरोमा परी मृतक भएकाहरुलाई १ लाख, हराईरहेकाका परिवारलाई २ लाख र घाईतेहरुको उपचारको व्यवस्था सरकारले गरिरहेको उनले बताए ।

कार्यबहाक प्रधानमन्त्री खाँणले बाढिपहिरोले भत्काएको सडक, सिँचाईलगायतका पूर्वाधार निर्माणको कामलाई पनि तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले पहाडी जिल्लाहरुको भौगर्भिक अवस्थाको अध्ययन गरेर विपद आउन नदिने खालको कार्यक्रमहरु ल्याउन सरकार लागि पर्ने पनि बताए ।

प्रतिक्रिया