सडकका रेलिङमा सयपत्री माला र सप्तरंगी टीका (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक १८ गते १४:४७
घरको झ्याल ढोकामा लगाउन र लक्ष्मी पूजा गर्न काठमाडौँको नयाँ सडकमा सयपत्री फूलको माला किन्दै सर्वसाधारण ।


काठमाडौं । घरको झ्याल ढोकामा लगाउन र लक्ष्मी पूजा गर्न काठमाडौंको सडकमा सयपत्री फूलको माला बेच्न राखिएको छ । माला बेच्ने व्यापारीलाई यतिबेला भ्याइनभ्याइ छ । भाइटिका पनि नजिकिएसँगै टिकाको सामानको व्यापार पनि बढेको छ ।

माला बिक्रीका लागि काठमाडौँको नयाँ सडक छेउमा बसेका व्यापारी ।
तिहारमा लगाइने सप्तरङ्गी टीका किन्दै काठमाडौँ नयाँ सडकका युवतीहरु ।
काठमाडौँको नयाँ सडकमा सयपत्री फूलको माला किन्दै सर्वसाधारण ।
काठमाडौंको नयाँ सडकमा बिहीबार शुभ–दीपावली तथा लक्ष्मी पूजाका सामान किन्दै सर्वसाधरण ।

तस्बिरहरु रासस ।

प्रतिक्रिया