शिक्षासेवी शर्माको निधन
नेपालखोज
२०७८ कार्तिक १९ गते १७:००

काठमाडौं । बागलुङ नगरपालिका १२ स्थित अमलाचौर निवासी शिक्षासेवी डिल्लीप्रसाद शर्माको ८३ वर्षको उमेरमा आज निधन भएको छ ।
काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निमोनियाँको उपचार गराइरहेका शर्माको आज बिहान निधन भएको हो ।
उनी लामो समयदेखि प्राध्यापन तथा शिक्षा क्षेत्रमा संलग्न थिए । उनले सुरुमा माध्यमिक विद्यालय निरीक्षक र पछि जिल्ला शिक्षा अधिकारी भएर काम गरेका थिए । -रासस
सम्बन्धित

प्रतिक्रिया