सुव्यवस्थित हेल्थ सिस्टमका लागि डब्ल्यूएचओका ७ सिफारिस

काठमाडौं । कोभिडका कारण संसारमा ५० लाख मानिसको ज्यान गइसकेको छ । यो आधिकारिक तथ्यांकभन्दा दोब्बर वा तेब्बर मानिसको मृत्यु भएको कतिपयको दाबीसमेत छ । यो भयावह र कहालीलाग्दो स्थिति हो । मृत्युको यो चाङले संसारलाई पुन: एकपटक आ-आफ्नो स्वास्थ्य प्रणाली, सेवा, साधन, तयारी आदिबारे पुनरावलोकन गर्न झकझक्याएको छ । यस्तो दुर्भाग्य फेरि नदोहोरियोस भनेर विश्व स्वास्थ संगठनले केही सुझाव प्रस्तुत गरेको छ । डब्ल्यूएचओका अनुसार यसका लागि यी सात कदम उठाउन जरुरी छ ।
तयारी
महामारीबाट बच्न चालिएका कदमहरुको फाइदा उठाउँ । भविष्यमा आउने यस्ता संकटबाट पार पाउने तयारी तथा स्वास्थ्य व्यवस्थालाई मजबुत बनाउँ ।
निवेश
जनस्वास्थ्य सेवामा लगानी गर्नुपर्नेछ । खासगरी आपात्कालीन संकटमा जरूरी क्षेत्रमा ।
प्राथमिक स्वास्थ्य
प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई मजबुत तुल्याउनुपर्छ । प्राथमिक स्वास्थ्य सुविधाहरुको आधार बलियो हुनुपर्छ ।
सिस्टम
समाजलाई सहभागी गराउन एउटा संस्थागत तन्त्र वा सिस्टम निर्माणमा लगानी गर्नुपर्ने आवश्यकता छ ।
शोध
शोध, खोज तथा अध्ययनको वातावरण तयार गर्नुपर्नेछ र यी क्षेत्रलाई अझ राम्रो बनाउने दिशामा काम हुनुपर्छ ।
अन्तर्राष्ट्रिय स्तरमा निवेश
स्वास्थ्य व्यवस्था मजबुत बनाउन घरेलु स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै थप निवेशको आवश्यकता छ । जो खतरनाक क्षेत्रमा छन्, उनीहरूलाई आपत्कालीन संकटबाट जोगाउने तयारीमा पनि निवेश हुनुपर्छ ।
समीक्षा
कोभिड महामारीका क्रममा बढी प्रभावित भएको क्षेत्रमा विशेष ध्यान दिइनुपर्छ ।
प्रतिक्रिया