बुधबार, वैशाख १२, २०८१

नोकियाका दुई नयाँ स्मार्टफोनकाे मूल्य र फिचर

नेपालखोज २०७८ कार्तिक २१ गते ८:११

काठमाडौं । नोकियाले अन्तर्राष्ट्रिय बजारमा आफ्ना तीन नयाँ फोन उतारेको धेरै भएको छैन । यसमा नोकिया एक्सआर २०, नोकिया सी ३० तथा नोकिया ६३१० (२०२१ ) छन् । नोकिया एक्सआर २० एक मजबुत आवरणयुक्त फोन हो जुन एमआईएल-एसटीडी ८१० एचप्रमाणित छ ।

यो फोन पानी र धुलो प्रतिरोधका लागि आईपी ६८ रेटेड पनि छ । नोकिया सी ३० एड्रोइड ११ (गो एडिसन) मा चल्छ जुन एन्ट्री-लेवल स्मार्टफोन युजर्सका लागि तयार पारिएको हो । नोकिया ६३१० ( २०२१) फिचर फोन वाई-फाई सपोर्ट र तीन कलर अप्सनमा उपलब्ध हुन्छ ।

नोकिया सी ३०
नोकिया सी ३० मा ६.८२ को एचडी प्लस डिस्प्ले दिएको छ । यो फोन आउट अफ द बक्स एड्रोइड ११ (गो एडिसन) मा चल्छ । यसमा अक्टा-कोर यूनिसोक एससी ९८६३ ए एसओसी प्रयोग भएको छ जसमा ३ जीबी र्याम तथा ६४ जीबी स्टोरेज उपलब्ध हुन्छ । माइक्रोएसडी कार्डका माध्यमबाट यसको स्टोरेजलाई २५६ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो फोनको डुअल रियर क्यामेरा सेटअपमा १३ -मेघापिक्सलको प्राइमरी सुटर र २ मेघापिक्सलको डेप्थ सेन्सर उपलब्ध हुन्छ । यसको फ्रन्टमा वाटरड्रप-स्टाइल न्याचमा ५ – मेघापिक्सलको सेल्फी क्यामेरा दिइएको छ । नोकिया सी ३० का अन्य उल्लेखनिय विशेषता फोरजी एलटिई, वाई-फाई ८०२ . ११ बी /जि/एन , ब्लुटुथ भी ४.२ , ३.५ एमएमको हेडफोन ज्याक तथा एउटा रियर-माउन्टड फिङरप्रिन्ट सेन्सर हुन ।

यो फोनमा ६००० एमएएचको ब्याट्री दिइएको छ जसले १० वाटको वायर चार्जिङलाई सपोर्ट गर्छ । नोकिया सी ३० को अन्तर्राष्ट्रिय बजार मूल्य ९९ युरोबाट सुरु हुन्छ र यो फोन २ जीबी प्लस ३२ जीबी, ३जीबी प्लस ३२ जिबी तथा ३ जीबी प्लस ६४ जिबि कन्फिगरेसनमा उपलब्ध हुने बताइएको छ ।

नोकिया एक्स आर २०
नोकिया एक्स आर २० लाई ओएस अपग्रेडका साथ डिजाइन गरिएको छ । यसमा ६.६७ इन्चको फुल-एचडी प्लस आईपीएस एलसीडी डिस्प्ले दिइएको छ । यसमा ५५० निट्स पीक ब्राइटनेस र सेल्फीका लागि होल-पन्च कटआउट क्यामेरा पनि उपलब्ध हुन्छ । यो फोनले चिसो – भिजेको ओैंला वा पन्जामा पनि मज्जाले काम गर्ने बताइएको छ । यसमा क्वालकम स्नापड्रागन ४८० चिपसेट प्रयोग भएको छ जसमा ६ जीबी र्याम र १२८ जीबी क्षमताको स्टोरेज छ । यसको स्टोरेजलाई माइक्रोएसडी कार्डका माध्यमबाट विस्तार गर्न सकिन्छ ।

यसमा एफ /१.८ अपर्चरको रियर क्यामेरा सेटअप दिइएको छ । जुन ४ मेघापिक्सलको प्राइमरी क्यामेरा हो । यो फोनमा एफ/२.४ अपर्चरको १३ मेघापिक्सलको सेकेन्डरी क्यामेरा पनि समावेश छ । यसको फ्रन्टमा ८ मेघापिक्सलको सुटर दिइएको छ । यो फोन ग्रेनाइट तथा अल्ट्रा ब्लु रङगमा उपलब्ध हुन्छ । यसका अन्य उल्लेखनिय विशेषतामा एन्डोइड – ११ अपरेटिङ सिस्टम , फाइभजी, साइड माउन्टेड फिङरप्रिन्ट स्क्यानर आदि सामेल छन । यो फोन १८ वाटको वायर र १५ वाटको वायरलेस चार्जिङका साथ उपलब्ध हुन्छ र यसमा ४६३० एमएएचको ब्याट्री दिइएको छ । नोकिया एक्स आर २० को अन्तर्राष्ट्रिय बजार मूल्य ५५० डलर राखिएको छ ।

प्रतिक्रिया