बिहीबार, जेठ २, २०८२

सल्यान दुर्घटना अपडेट : गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो

नेपालखोज २०७८ कार्तिक २२ गते १५:५८


काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा घाइते भएकामध्ये पार्वती वलीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । कालीमाटीबाट तुलसीपुरतर्फ जाँदे गरेको भे १ ज ५२२ नं को यात्रुबहाक जीप दाङको बबई गाउँपालिका– २ एक्लेबरमा आज बिहान दुर्घटना भएको हो ।

त्यस्तै नौ जना घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ

अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जीपका चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

सो दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । मृतक सुनार गाडी मालिक हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार घाइते हुनेमा दङ्गीशरण गाउँपालिका–२ बस्ने ३० वर्षीया पार्वती वली, सल्यान कालीमाटी– ३ सिमलकुना बस्ने २८ वर्षीया रीता खत्री, सोही ठाउँका २९ वर्षीय रेशम बुढाथोकी, १८ वर्षीय खिमराज बुढाथोकी, बबई गाउँपालिका– २ बगाले बस्ने २३ वर्षीया पवित्रा ओली, उनका छोरा तीन वर्षीय दिनेश ओली, कालीमाटी– ३ कालाखोला बस्ने अन्दाजी ६ वर्षीय प्रशान्त राना, सोही ठाउँका ५६ वर्षीया प्रमिसा खत्री, बबई– २ बस्ने ३२ वर्षीया कमला बस्नेत रहेका छन् ।

त्यस्तै घाइतेमा तुलसीपुर उपमहानगरपालिका–१५ बस्ने १० वर्षीय प्रशान्त खत्री, बाँके राप्ती सोनारी– ९ बस्ने ३५ वर्षीया पवित्रा बुढाथोकी, कालीमाटी– ३ बस्ने १७ वर्षीया सपना ओली, शान्तिनगर– ४ बस्ने ५५ वर्र्षीया खली ओली, बाँके कोहलपुर नगरपालिका– ४ बस्ने ३२ वर्षीया दिपा ओली, उनका छोरी १५ वर्षीया संगीता बुढाथोकी, ८ वर्षीया अपेक्षा बुढाथोकी र बर्दिया बासगढी मोतिपुर बस्ने २८ वर्षीया सुशीला राणा रहेका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका ढकेरी बस्ने ६० वर्षीया बिम्पा खत्री, तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने २८ वर्षीया सोभा बुढाथोकी र उनका छोरा सात वर्षीय लोकेन्द्र बुढाथोकी रहेका छन् । रासस

प्रतिक्रिया