आइतबार, वैशाख २८, २०८२

मेगा बैंकको लाभांश प्रस्ताव

नेपालखोज २०७८ कार्तिक २३ गते १९:२४

काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आज बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने जनाएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । सेयरधनीलाई बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया