मंगलबार, वैशाख १६, २०८२

‘नारीहरू नारीकै रूपमा सफल बन्नुपर्छ, पुरुषका रूपमा होइन’

नेपालखोज २०७८ कार्तिक २४ गते ६:३६

-आफूलाई यस्तो बनाउनुहोस् कि तपाईं सधैं समाधानको हिस्सा बन्नसक्नुहोस्, समस्याको हिस्सा होइन ।
-मानिसहरू आत्म-प्रतिष्ठाको रोगबाट पीडित छन् । यो धरतीमा हामी जीवनको अर्को एउटा रूप मात्र हौं ।
-यदि तपाईंले आफ्नो जीवन शतप्रतिशत आफ्नै जिम्मेवारी हो भनेर महसुस गर्नुभयो भने, अरूप्रति निराश हुने कुनै स्थान रहँदैन ।
-शिक्षण पेसा हुनु हुँदैन- यो लगन हुनुपर्छ । तब मात्र शिक्षा जानकारी थोपर्नेबाट सत्यको खोज गर्नेतर्फ अघि बढ्न सक्छ ।
-विवेकबिनाको प्रविधि विनाशक हुन्छ ।
-युवावस्था, तपाईं कति जीवन्त हुनुहुन्छ भन्ने विषयसँग सम्बन्धित हुन्छ, तपाईं कहिले जन्मिनुभयो भन्ने विषयसँग होइन ।
-तपाईंले कुनै पनि काम आनन्दपूर्वक गर्नुभयो भने, त्यो सहज बन्छ ।
-यो शरीर यस्तो मेसिन हो, जसलाई जति उपयोग गऱ्यो त्यति राम्रो हुँदै जान्छ ।
-पुरुष जस्तो बन्ने प्रतिस्पर्धामा नारीहरूले आफूमा भएको नारी सुलभ गुण गुमाइरहेका छन्, जुन समाजका लागि राम्रो होइन । नारीहरू नारीकै रूपमा सफल बन्नुपर्छ, पुरुषका रूपमा होइन ।
-यदि असफलताको जोखिम भएन भने, त्यहाँ सफलता पनि हुन सक्दैन ।
-कसैप्रति आशक्त हुनु अर्को व्यक्तिसँग सम्बन्धित हुँदैन । यो तपाईंले आफूलाई अपूर्ण महसुस गर्ने भावनासँग सम्बन्धित हुन्छ ।
-सत्य एकमात्र शक्ति हो तर, शक्ति सत्य होइन ।
-तपाईं जे गर्नुहुन्छ, त्यो प्रेम होइन । तपाईं जस्तो हुनुहुन्छ, त्यही प्रेम हो ।
-तपाईंले यसलाई तनाव वा चिन्ता जेसुकै भने पनि, मूलतः त्यसको अर्थ यो हो- तपाईंको बुद्धिले तपाईंविरुद्ध काम गरिरहेको छ ।

प्रतिक्रिया