‘गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक छैन’
नेपालखोज
२०७८ कार्तिक २४ गते १०:२४

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी नरहेको बताएका छन् ।
गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका हुन् ।
‘सरकारभन्दा माथि संयन्त्र बन्नु भनेको संविधान र प्रजातान्त्रिक विधिविपरीत हो,’ उनले भने ।
उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ छ ।
उनले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए ।
सम्बन्धित

प्रतिक्रिया