मंगलबार, वैशाख १६, २०८२

नबिल बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा १५ प्रतिशत छुट

नेपालखोज २०७८ कार्तिक २४ गते ११:४४


काठमाडौं । नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ ।

दराजसँगको साझेदारीमा यही कात्तिक २५ गते देखी मंसिर ३ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार रुपैयाँसम्म क्यास व्याक र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार ५ सय रुपैयाँसम्म छुट पाउन सक्ने छन् ।

उक्त अवसर सुरु हुन केहि दिन मात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यास ब्याक अफरको लाभ लिन सक्ने छन् ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८५ एटीएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दे आएको छ ।

बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया