शनिबार, वैशाख १३, २०८२

‘मानिसको अस्तित्व इच्छापूर्वक हुनुपर्छ, विवश भएर होइन’

नेपालखोज २०७८ कार्तिक २६ गते ८:४१

प्रश्न : सद्‌गुरु, तपाई प्रायः यो कुरामा विशेष जोड दिनुहुन्छ कि हामीले त्यही गर्नुपर्छ, जसको आवश्यकता छ । स्वयंसेवाको सन्दर्भमा यसको अर्थ के हो ?

सद्‌गुरु : कुनै पनि स्थानमा, जब यस्ता मानिसहरू हुन्छन्, जसले अरूको खुसियालीलाई आफ्नोभन्दा माथि राख्दछन्, तब उनीहरूको सेरोफेरोको परिस्थिति स्वतः एकदमै सशक्त एवं सुन्दर बन्दछ । यदि यो संसार त्यस्ता मानिसहरूले भरिएको भए, यो एउटा सुन्दर स्थान हुने थियो ।

मानिलिनुहोस्, यदि कसैको नाक पुछिदिनु छ भने, त्यसलाई ठूलो सेवा वा त्यागको रूपमा नलिई त्यही गर्नु जे आवश्यक छ । यदि नाक पुछिदिन जरूरी छ भने, उनीहरूको निम्ति गरिएको ठूलो सेवा नसम्झिएर त्यही गर्नु जे आवश्यक छ- यो अत्यन्तै महत्त्वपूर्ण छ ।

यदि तपाईले नाकको बढी सेवा गर्नु खोज्नुभयो भने, नाक झर्नेछ ! केही मानिसहरू यस्तै कामहरू गरिरहेका हुन्छन् । यदि नाक बगिरहेको छ भने, त्यसलाई पुछिदिनुहोस्- यसलाई कुनै ठूलो विषय नबनाउनु होस् । यदि यो संसार त्यस्ता मानिसहरूले भरिएको भए, निश्चय नै यो संसार हरेक किसिमले उपयुक्त र सानदार स्थान हुने थियो ।

स्वयंसेवकले कुनै पनि काम त्यस ठाउँमा बन्दी भएकाले गरिरहेकौ हुँदैन । ऊ इच्छुक र तत्पर छ, त्यसैले त्यो काम गरिरहेको हुन्छ । ऊ यो सोच्दैन, ‘मेरो इच्छा के हो र ?’ उसको निम्ति के गर्न आवश्यक छ भन्ने कुराले मात्रै महत्त्व राख्दछ । यस्तो अवस्थामा तपाई मुक्त हुनुहुनेछ । तपाईमाथि कर्मको बोझ निकै कम हुन्छ ।

तपाईं आफ्नो जीवनमा पूर्ण रूपमा स्वयंसेवक बन्नुपर्छ । तपाईले चाहे केही गर्नुहोस् वा केही पनि नगर्नुहोस्, तपाईंको अस्तित्व इच्छापूर्वक हुनुपर्दछ, अनिच्छाले वा विवश भएर होइन । हामीले संसारैभरि यस्ता मानिसहरू तयार गर्न आवश्यक छ ।

प्रतिक्रिया