आइतबार, जेठ ५, २०८२

सर्वोच्च परिसरमा बढाइयो सुरक्षा (तस्बिरसहित)

नेपालखोज २०७८ कार्तिक २६ गते ९:४३


काठमाडौं । सर्वोच्च अदालत क्षेत्रमा स्थानीय प्रशासनले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आज पनि आन्दोलन गर्ने भएकाले स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।

बारले बिहान १० बजेदेखि सर्वोच्चको गेटमै धर्ना दिने भनेपछि बिहानै प्रहरी परिचालन गरिएको हो । आज सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जबरालाई ‍प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको तयारी छ ।

कानुन व्यवसायी सर्वोच्च परिसरमा भेला हुँदै, प्रधानन्यायाधीशलाई प्रवेश नदिने तयारी

प्रतिक्रिया