राष्ट्रिय सम्मेलनको समीक्षा गर्न माओवादीकाे बैठक बस्दै

नेपालखोज २०७८ कार्तिक २६ गते ९:५९

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको बैठक आज साँझ ६ बजे बस्ने भएको छ । बैठकमा आसन्न राष्ट्रिय सम्मेलनको तयारीको समीक्षा तथा संगठित सदस्यको नवीकरणको म्याद थप गर्नेबारे छलफल हुने बताइएको छ ।

बैठक भर्चुअल रुपमा बस्ने छ । पार्टीको राष्ट्रिय सम्मेलन तयारीका लागि नेताहरु फरक-फरक जिल्लामा रहेकोले भर्चुअल रुपमै बैठक बोलाइएको हाे ।

प्रतिक्रिया