वाणिज्य बैंकमध्ये ग्लोवल आइएमईको चुक्ता पुँजी सबैभन्दा बढी, स्ट्यान्डर्ड चार्टर्डको सबैभन्दा कम

काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंंकहरु मध्ये सबैभन्दा बढी चुक्ता पुँजी ग्लोवल आइएमई बैंकको देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार ग्लोवल आइएमईको चुक्ता पुँजी सबैभन्दा बढी देखिएको छ ।
यस अवधिमा सबैभन्दा कमजोर चुक्ता पुँजी भने बहुुराष्ट्रिय कम्पनी स्ट्यान्डर्ड चार्टर्ड समूहद्वारा प्रर्वर्धितस्टान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड, पञ्चाव नेशनल बैंकसमेतको साझेदारी रहेको एभरेष्ट बैंक र सिमिल बैंकमा रहेको छ ।
ग्लोवल आईएमई बैंकले २१ अर्ब ६२ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरिसक्दा एभरेष्ट, सिभिल र स्टान्र्डड चार्टड बैंकको चुक्ता पुँजी भने क्रमश आठ अर्ब ९७ करोड, ३७ लाख, आठ अर्ब ६४ करोड ३६ लाख र आठ अर्ब ५७ करोड २२ लाख रुपैयाँ मात्र रहेको छ । चालु आवको पहिलो त्रैमासमा कृषि विकास बैंकले भने १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।
यीबाहेक नेपाल इन्भेष्टमेन्ट बैंक, प्राईम कर्मसियल बैंक र एनएमबी बैंकमा भने चालुु आवको पहिलो त्रैमासमा चुक्ता पुँजी क्रमश १६ अर्ब ४२ करोड २२ लाख, १६ अर्ब २५ करोड ७३ लाख र १६ अर्ब आठ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
चालु आवको पहिलो त्रैमासमा मेगा बैकले भने १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यसैगरी कुमारी बैंक र नबिल बैंकले भने यस अवधिमा क्रमश १३ अर्ब ८७ करोड ८४ लाख र १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
चालु आवको पहिलो त्रैमासमा नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भने क्रमश १२ अर्ब ६३ करोड ६७ लाख र १२ अर्ब ५७ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।
एनआईसी एशिया बैंक र प्रभु बैंकले भने चालु आवको पहिलो त्रैमासमा क्रमश ११ अर्ब ५६ करोड ४० लाख र ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
यीबाहेक लक्ष्मी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनसीसी बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा क्रमश १० अर्ब ६९ करोड ५६ लाख, १० अर्ब ९६ करोड २२ लाख, १० अर्ब ६८ करोड ४४ लाख, १० अर्ब १८ करोड ४८ लाख र १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएका छन् ।
यीबाहेक सनराईज बैंक, सानिमा बैंक, बैंक अफ काठमाडौं र नेपाल एसबिआई बैंकले भने यसअवधिमा क्रमश नौ अर्ब ४८ करोड ७९ लाख, नौ अर्ब ६८ करोड १५ लाख, नौ अर्ब ६५ करोड ८१ लाख र नौ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
यीबाहेक माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी कर्मसियल बैंकले पनि चालु आवको पहिलो त्रैमासमा क्रमश नौ अर्ब पाँच करोड ३० लाख, नौ अर्ब ४८ लाख र नौ अर्ब तीन करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
कुन बैैकको चुक्ता पुँजी कति ? हेर्नुुहोस तालिका (रकम हजारमा)
वाणिज्य बैकतर्फ
क्रस बैककोे नाम चुक्ता पुँजी
१ ग्लोवल आईएमई बैंक २१६३२५०३
२ कृषि बिकास बैंक १६४२२६४१.८०
३ नेपाल इन्भेष्टमेन्ट बैंक १६२५७३३०
४ प्राईम कर्मसियल बैंक १६०८३०३६.९०
५ एनएमबी बैंक १६३२५९६१
६ मेगा बैंक १४६५४९६४.९५
७ कुमारी बैंक १३८७८४७४.८३
८ नबिल बैैंक १३८४४४५१
९ नेपाल बैंक १२६३६७५८.६२
१० सिटिजन बैंक १२५७६९२३.११
११ एनआईसी एशिया बैंक ११५६४००५.३६
१२ प्रभु बैंक ११३४७०५७
१३ लक्ष्मी बैंक १०६९५६९०
१४ सिद्धार्थ बैंक १०९६२२९९.१९
१५ हिमालयन बैंक १०६८४४००.८२
१६ राष्ट्रिय बाँणिज्य बैंक १०१८४८९१.६१
१७ एनसीसी बैंक १०३१४५१६.६८
१८ सनराईज बैंक ९४८७९४४.४९
१९ सानिमा बैंक ९६८१५१९.०८
२० बैंक अफ काठमाडौ ९६५८१७६.४२
२१ नेपाल एसबिआई बैंक ९४९३५७७.८८
२२ मछापुच्छे« बैंक ९०५३०९४.५८
२३ नेपाल बंगलादेश बैंक ९००४८२१.१९
२४ सेञ्चुरी कर्मसियल बैंक ९०३४४३०
२५ एभरेष्ट बैंक ८९७३७१७
२६ सिभिल बैंक ८६४३६६१
२७ स्टान्र्डड चार्टड बैंक ८५७२२३१
(श्रोत सम्बन्धी बैंकको चालु आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदन)
प्रतिक्रिया