शनिबार, जेठ ४, २०८२

चौबीस घण्टामा ३९७ संक्रमित थपिए, ३८९ जना डिस्चार्ज, ३ काे मृत्यु

नेपालखोज २०७८ कार्तिक २६ गते १६:१४

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ३८९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार १३४ जनाको पीसीआर परीक्षणबाट ३५५ र १ हजार ९३२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४७ जना गरी जम्मा ३९७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ रहेको छ ।

प्रतिक्रिया