काठमाडौं उपत्यकामा १७१ जनामा कोरोना पुष्टि
नेपालखोज
२०७८ कार्तिक २६ गते १६:५२

काठमाडौं । पछिल्लो चाैबीस घण्टामा काठमाडौं उपत्यकामा १ सय ७१ जनामा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा मात्र १२५, भक्तपुरमा ४ र ललितपुरमा ४२ जना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय कुल संक्रमितको संख्या एक हजार ५५९ पुगेको छ । जसमध्ये काठमाडौंमा ५५८, ललितपुरमा ५१० र भक्तपुरमा ४९१ सक्रिय संक्रमित छन्।
यस्तै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार देशभर ६ हजार ९ सय ४५ जना होम आइसोलेसनमा छन् भने ५५३ संस्थागत , १९० जना आईसीयू तथा ५७ जना भेन्टिलेटरमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया