माओवादी केन्द्रले संशोधन गर्यो विधान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ । आज सम्पन्न केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश र पालिकामा सात सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ । जसअनुसार पदाधिकारीमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष रहनेछ ।
साविकको विधानअनुसार सो समितिमा पाँच पदाधिकारी रहने व्यवस्था थियो । कार्यालय सचिव श्रीराम ढकालका अनुसार संशोधित विधानमा पाँच सदस्यी वडा पदाधिकारी रहने व्यवस्थासमेत गरिएको छ ।
त्यसैगरी बैठकले सङ्गठित सदस्यता नवीकरणका लागि समय नथप्ने निर्णय गरेका छ । अहिले सदस्यता विस्तार, नवीकरणलगायत सांगठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ ।
राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया