शनिबार, जेठ ४, २०८२

बलिउड अभिनेत्री कंगना रनौत किन आइन् विवादमा ?

नेपालखोज २०७८ कार्तिक २७ गते १३:५०

नयाँदिल्ली । बलिउड अभिनेत्री कंगना रनौतलाई भारतको आम आम्दी पार्टीले देशद्रोहीको मुद्धा हाल्न माग गरेको छ ।

राष्ट्रियता र स्वतन्त्रताविरुद्ध बयान दिएको भन्दै सो पार्टीले अभिनेत्री कंगनालाई मुद्धा हाल्न आग्रह गरेको हो ।

उक्त पार्टीले पद्म श्री राष्ट्रिय पुरस्कार खोसेर उनलाई तत्काल जेल हाल्नसमेत माग गरेको बताइएको छ ।

उनले केही समयअघि भारतलाई प्राप्त भएको स्वतन्त्रता ब्रिटिसले भिखमा दिएको भन्दै त्यसको टिप्पणी गरेकी छन् ।

उनको भनाइप्रति भारतमा बिरोध भइरहेको छ । कंगनाले भने आफू बोलेको कुरामा अडिग रहँदै इन्स्टामा स्पष्टिकरण दिएकी छिन् ।

उनले सन् १९४७ मा स्वतन्त्रताका लागि कसैले लडेको आफूलाई थाहा नपाएको बताउँदै यदि कसैले यो विषयमा मलाई जानकारी गराए म आफैँ पद्यश्री अवार्ड फिर्ता गर्छु भनेकी छिन् ।

प्रतिक्रिया