चौबीस घण्टामा २९५ संक्रमित थपिए, ४७८ जना डिस्चार्ज, २ काे मृत्यु
नेपालखोज
२०७८ कार्तिक २७ गते १६:२०

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ४७८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार २२५ जनाको पीसीआर परीक्षणबाट २६० र ३ हजार १८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३५ जना गरी जम्मा २९५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार २७८ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया