लड्नु नै जित हो !

श्रीकृष्णको संसर्गको पहिलो दिन नै अर्जुनको ज्ञान चक्षु खुलेको त होइन ।
अभिमन्युको मृत्यु होस् वा भीष्ममाथि वाण चलाउने कुरा होस्, चाहे द्रोणविरुद्ध वाण हान्ने कुरा होस्, चाहे कर्ण अगाडि सामुन्ने खडा हुने विषय होस्- हर मौकामा अर्जुन भित्रैबाट हल्लिए, बार-बार कमजोर भए ।
तर मूल कुरा के भने त्यो कमजोरीका बाबजुद पनि उनी लडी नै रहे ।
तिमी आफ्नो कमजोरीको आखिरी अंशसमेत आफूमा नरहोस् भनेर प्रतीक्षा नगर, किनभने त्यसो हुनेवाला छैन । तिमी जुन परफेक्सनको खोजी गरिरहेका छौं त्यो कदापि प्राप्त हुने छैन ।
यदि तिमीभित्र कमजोरीहरु छन् भने पनि तिनको साथ लिएर नै लड ।
संसारका सबैभन्दा यादगार लडाइहरु, संसारका सबैभन्दा प्रेरणास्पद लडाइहरु आफ्नोअनुकूल स्थितिमा लडिएका हुन र ? आफ्नो पक्ष मजबुत भएका बेला लडिएका हुन् र ? ती लडाइँ त अस्त्रको अभाव र विपरीत परिस्थितिमा लडिएका हुन् । फेरि पनि त्यो लडाइँ लडियो र जितियो पनि ।
सुविधा र साधन सम्पन्न भएर कमजोरलाई हराउनु के चमत्कार भयो र ?
यस्तोमा तिमिलाई कसैले किन सम्झन्छ ?
संसारको सबैभन्दा प्रेरणास्पद लडाइँ कुन हो ?
जसमा तिम्रा हात काँपिरहेका थिए, तिमीसँग हतियार पनि कम थिए, तिम्रो संसाधन, संख्या र बल पनि कम थियो । त्यसका बाबजुद तिमी लड्यौ, भलै तिमी पराजित भयौ ।
अब हारलाई कसले गन्छ र ? अहिले त जसले लड्यो मानिसहरु उसैको पूजा गर्छन् ।
लड्नु नै जित हो ।
प्रतिक्रिया