शुक्रबार, जेठ ३, २०८२

रुस र बेलारुसबीच ग्यासको विषयमा घम्साघम्सी

नेपालखोज २०७८ कार्तिक २८ गते ११:४७

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसले युरोपको ग्यास आपूर्ति कटौती गर्ने धम्कीको जवाफमा बेलारुसलाई चेतावनी दिएका छन् । राष्ट्रपति पुटिनले ग्यास आपूर्ति कटौती गर्नु भनेको रुससँगको सम्झौता उल्लंघन हुने टिप्पणी गरेको बीबीसीले उल्लेख गरेको छ ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा राष्ट्रपति पुटिनले बेलारुससँग राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले रिसीबीका कारण यस्तो धम्की दिएको हुनसक्ने बताएका छन् । बेलारुसकाले आजभोलि मुलुकको पश्चिमी सिमानामा पोल्यान्डसँग बढ्दो आप्रवासी संकटसँगै नयाँ प्रतिबन्धहरूको सामना गर्नुपरेको छ ।

युरोपेली संघका अधिकारीहरूले बेलारुसले ब्लकको सुरक्षालाई कमजोर पार्न ग्यास आपूर्ति कटौती गर्ने धम्की दिएको आरोप लगाएका छन् । तर, बेलारुसले उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ । बेलारुसका नेता अलेक्ज्याण्डर लुकाशेन्कोले युरोपेली संघले आफूमाथि लगाएको प्रतिबन्धको बदलामा आप्रवासीहरूलाई सीमामा पठाएको दाबीलाई अस्वीकार गरेका छन् ।

बेलारुसमा अधिकांश मानिस इराक, सिरिया र यमनका भएको र उनी पोल्याण्डको सिमानामा रहेको जनाइएको छ । बेलारुसमा अधिकांश आप्रवासीहरू युवा पुरुषहरू छन् । उनीहरु मध्यपूर्व एशिया र बेलारूसी सीमानाका शिविरमा बसिरहेका छन् ।

बेलारुसको सीमामा रातिको समयमा तापक्रम शून्यभन्दा तल हुने गर्छ । गएको हप्ता चिसोकै कारण यहाँ धेरै व्यक्तिको मृत्यु भएको जनाइएको छ । यता पोल्यान्डले बेलारूसका सैनिकहरूले आप्रवासीहरूलाई जान दिन सीमामा तार तार लगाउने प्रयास गरेको आरोप लगाएको छ । यसअघि पोल्यान्ड प्रहरीले पनि सोही क्षेत्रको सीमानाको जंगलमा सिरियाली युवाको शव फेला पारेको दाबी गरेको थियो ।

पछिल्लो समय पोल्यान्डको सीमा क्षेत्रमा कम्तीमा आठ जना आप्रवासी मृत फेला परेका छन् । बेलारुस सीमा क्षेत्रमा पनि एक शव भेटिएको छ । पोल्यान्डले शरणार्थीहरूलाई बेलारुसमा फिर्ता गरेको आरोप लगाइएको छ । पोल्यान्डको यो कदम अन्तर्राष्ट्रिय नियम विपरीत हो ।

युरोपेली संघ, नेटो र अमेरिकाले बेलारुसलाई आप्रवासीको संख्या बढाएको आरोप लगाउँदै आएका छन् । युरोपेली आयोगले बेलारुसका नेता लुकासेन्कोले ’अमानवीय तथा गुन्डा शैलीमा आप्रवासीहरूलाई युरोपेली देशहरुमा सहज प्रवेश गराएको भन्ने आरोपको खण्डन गरेको छ । इयूले बेलारुसको कदम युरोपेली संघको प्रतिबन्धको बदला भएको आंकलन गरेको छ । बेलारुसमा लुकासेन्को पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि व्यापक विरोध प्रदर्शन भएको थियो । युरोपेली युनियनले पनि बेलारुसबिरुद्ध प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया