कानुन व्यवसायीको धर्नाका कारण रामशाह पथमा यातायात अवरुद्ध
नेपालखोज
२०७८ कार्तिक २८ गते १२:१२

काठमाडौं । प्रहरी र कानुन व्यवसायीबीचको तनाबका कारण रामशाह पथमा यातायात अवरुद्ध भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्चको अर्को गेट प्रयोग गरेर अदालत प्रवेश गरेसँगै प्रहरी र कानून व्यवसायीबीच धकेलाधकेल भएको हो।
राजीनामा माग्दै नेपाल बार एसोसिएसनले अदालत प्रवेशमा रोक लगाएपनि उनी सर्वोच्च अदालतको तेस्रो गेटबाट प्रवेश गरेका हुन् । अदालत छिर्न सर्वोच्च अदालत अघि दुईवटा, नेपाल बार एसोसिएसन कार्यालय छेउमा अर्को, महान्यायाधिशवक्ता कार्यालयभित्रबाट छिर्ने अर्को सानो ढोका र सिंहदरवार भित्र रहेको अदालतको एनेक्स भवनमा अर्को गेट छ ।
सम्बन्धित
प्रतिक्रिया