सुन आज ३ सय रुपैयाँले घट्यो
नेपालखोज
२०७८ कार्तिक २९ गते ११:१७

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन ३ सय रूपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ९४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रुपैयाँले घटेको छ । तेजावी सुन आज ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन ९४ हजार १ सयमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य पनि आज १५ रुपैयाँले नै घटेको छ । आज चाँदी १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया