प्रधानन्यायाधीशले भने- विग्रहको बाटो छाडेर संवादकाे बाटाे रोजौं

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनमा रहेका न्यायाधीश र नेपाल बार एसोसिएसनलाई वार्तामा आउन आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलन नगरी संवादबाट समस्या समाधान खोज्न आग्रह गरेका हुन् ।
उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘न्याय पालिकाले सधैँभरी विधिको बाटो मात्रै हिँड्नुपर्दछ भन्ने मान्यतालाई आत्मसात गरेको हुन्छ’ , ‘पारस्परिक हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहीँबाट समाधानको सम्भावना खोज्न सकिन्छ । विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौँ भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछु ।’
कानुन व्यवसायीहरुे १४ दिनदेखि प्रधानन्यायधीसको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन् । प्रधानन्यायाधीश जबराले विज्ञप्तिमार्फत तत्काल राजीनामा नदिने संकेत गर्दै समस्याको हल गर्न संवादमा आउन आग्रह गरेका छन् ।
प्रतिक्रिया