प्रभु लाइफको पहिलो त्रैमासिक नाफा ३ करोड ३१ लाख
नेपालखोज
२०७८ कार्तिक ३० गते ११:५३

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ३१ लाख ५८ हजार सात सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड नौ लाख २४ हजार पाँच सय ९४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको चालु आवको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी छ रुपैयाँ ६३ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३० रुपैयाँ आठ पैसा रहेको छ । – रासस
सम्बन्धित
प्रतिक्रिया