‘जीवनभन्दा महान शिक्षक अरू कोही छैन’

अरू कोही आफूले चाहेको जस्तो भइदिउन् भन्ने अपेक्षा गर्नुअघि, तपाईं स्वयं आफूले चाहेको जस्तो बन्नुपर्छ । तपाईं जे गर्दै हुनुहुन्छ, त्यसबारे जब तपाईंभित्र स्पष्टता आउँछ, अरू व्यक्तिहरूको धारणाले केही अर्थ राख्दैन ।
तपाईंले आफूलाई यसरी निर्माण गर्नुपर्छ कि जब तपाईंको जीवनमा अवसरहरू खुल्छन्, तपाईंको शरीर र मनले तपाईंलाई रोकेर राख्नु हुँदैन ।
यदि तपाईंले हरेक चीजलाई उत्सवमय रूपमा लिनुभयो भने, तपाईं जीवनप्रति गम्भीर नभइकन पूर्णतया संलग्न रहन सिक्नुहुन्छ । यदि हामीले हरेक व्यक्तिलाई रूपान्तरण गर्नेतर्फ काम गरेनौँ भने, विश्वमा शान्ति ल्याउनेबारे कुरा गर्नु मनोरञ्जन मात्र हुनेछ ।
संसारले तपाईंमाथि के गर्छ भन्ने कुराबारे तपाईंसँग कुनै विकल्प हुँदैन । तर, तपाईं त्यसबाट के बनाउनुहुन्छ भन्ने कुरा पूर्णतया तपाईंको हातमा हुन्छ । यही कर्म हो ।
बुद्धत्त्व वा आत्मज्ञान भनेको तपाईंको सीमित व्यक्तित्वलाई विलिन गर्नु हो । जब व्यक्तित्व रहँदैन, त्यहाँ असीमित उपस्थिति हुन्छ । जब तपाईं चेतनाको शिखरमा रहेर काम गर्न सिक्नुहुन्छ, सबैथोक खेल बन्दछ ।
नराम्रा सम्बन्धहरूलाई कम आँकलन नगर्नुहोस् । जोप्रति तपाईंमा घृणा, डर वा ईर्ष्याको भाव हुन्छ, तीसँग तपाईंको निकै गहिरो बन्धन हुन्छ । त्यसलाई विलिन गर्ने समय भएको छ ।
प्रतिक्रिया