मंगलबार, जेठ १, २०८१

महाभारत, मान्छे र जीवन

कृष्ण कँडेल २०८० कार्तिक २६ गते ६:३०

थाहा छैन जिन्दगीमा कुन दिन अन्तिम हुन्छ । रात अन्तिम हुन्छ । मेरो–मेरो भन्दाभन्दै भेटघाट अन्तिम हुन्छ । – गितकार महेश आचार्य मैले केही महिना अघीको आलेखमा भनेको थिए– भोली कस्ले देखेको छ र ? गितकार महेश आचार्य ले भने जस्तै –थाहा छैन तपाई हाम्रो जीवनमा कुन दिन वा रात अंतिम हुने हो ।

तर पनि हामीमा ईष्या छ, लोभ छ, मोह छ । त्यो पनि उत्तकर्ष मा छ । हामीले हाम्रो अघीको सपना घर परिवार, धन संपत्ति ,मान ,सम्मान लाई नै सर्वोपरी मान्दै आयौं । तृष्णा यति बढ्छ कि सवैकुरा पुगेर पनि हामी त्यसको व्यवस्थापन मा चुक्छौं र जीवनको उत्तरार्धमा पश्चातापको भारीले थिचीन्छौं । थाहा छ हामीलाई जन्मे पछी मृत्यु अवस्यम्भावी छ भनेर तर पनि हामीले त्यो सत्यलाई सहज रूपमा स्विकार्दैनौं र मृगतष्णा लिएर दौडीरहन्छौं । त्यो दौडको अंतिम विन्दु थाहानै छैन ।

महाभारतमा भिष्म लाईथाहा थियो युद्ध कस्ले जीत्छ भनेर उनले म कहिले मर्छु र कस्को हातबाट मृत्यु वरण गर्नु पर्ने हो सवै कुरा जान्दा जान्दै पनि पाण्डव हरूलाई साथ दिन सकेनन्। शायद भिष्मलाई धर्मसंकट थियो होला र त कौरवहरू असत्यको बाटोमा छन् भन्ने जान्दा जान्दै पनि आफ्नो कर्तव्य बाट रत्तिभर विचलित भएनन् । श्री कृष्णलाई भिष्मले भनेछन् तिमी जता उभिएका छौ विजय त तिनीहरूकै हुनेछ तर पनि तिमीले आफुलाई किन युद्ध भन्दा अलग छु भन्यौ ? श्री कृष्ण को जवाफ थियो पितामह – मैले हतियार त उठाएको छैन । भिष्मले भन्छन् तिमी ले हतियार किन उठाउन पर्यो र ? तिम्रो दृष्टि नै हतियार बराबर भएपछी । शायद गीता त्यस्तो ग्रन्थ हो जहां जस्ले जसरी ग्रहण गरेपनि सुपाच्य नै हुन्छ ।

गीताले भन्छ – जब जीवनमा चारैतिर निराशा बाहेक केही पनि भेटीदैन त्यो वेलामा पनि यदी आफुभित्र घुस्ने हो भने त्यहांबाट एउटा नयां जगत शुरूहुन्छ । बाहिरका सारा दुख दर्द त्यहीं समाप्त हुन्छन् । मात्र सिक्नुपर्छ आफुभित्र छिर्ने कला । अन्तरयात्रा गर्ने कला र त्यही अन्तरयात्रा गर्ने कलालाई नै योग भनिएको हो । जस्तोसुकै प्रतिकुल अवस्थामा पनि अनुकुल रहन सकिन्छ यदि आफुभित्र छिर्ने कला जानियो भने ।’ गीताले मान्छेलाई बाहिरी युद्ध मात्र सिकाउदैन भित्री यु्द्धका लागी सधैं उत्प्रेरणा जगाई रहन्छ । श्री कृष्ण र अर्जुन विचको संवाद ले हामीलाई हमेसा मार्ग दर्शन गरिरहेको हुन्छ ।

स्वामी विकाशानन्दले गीतालाई सरल भाषामा व्याख्या गर्दै भन्नु भएको छ – ‘तिमीले आत्मालाई जान ,त्यो जान्नेतरिका भनेको साधना मात्रै हो । जहाँ मन हुँदैन, विचार हुदैन, तर्क हुंदैन, गणित हुंदैन, चिन्ता हुंदैन, चिन्तन हुंदैन, कल्पना हुंदैन,सपना हुंदैन, मनमा केही पनि हुंदैन । मनै हुंदैन त्यो अवस्थामा जे त्यहां प्रकट हुन्छ त्यो आत्मा हो । आत्मवोध त्यतिवेला गर्न सकिन्छ जव अहंकार विलय हुन्छ र त्यो साधना बाट मात्र संभव छ ।” विक्रम सम्मवत २०७९ भदौको अंतिम साता हामी जीवन विज्ञान धाम काठमान्डौमा लय विज्ञान प्रशिक्षणा थियौं। आदरणीय गुरूदेव एल.पी भानु शर्माले भन्दै हुनुहुन्थ्यो ‘भागवत गीता उत्कृष्ट ग्रन्थ हो । गीताले हामीलाई वर्तमानमा पनि पाईला पाईलमा गाईड गरिरहेको छ ।’

गीताले हामीलाई जीवनलाई लयवद्ध तवरले हिंड्न सिकाएको छ । हामीले गीतालाई केवल एउटा धार्मिक ग्रन्थ मात्र हो भन्ने सोच्यौं भने त्यो आफै माथी अन्याय हुन सक्छ । हाम्रो यो स्थुल शरिर एकदिन त ढल्छ त्यो अवस्मभावी छ । मान्छे ले यो ब्रहमान्डमा धेरै आविस्कार गर्न सक्षम भएपनि मृत्युजीत्ने अमर वुटी आज सम्म बनाउन सकेको छैन । किनभने प्रकृति को विरूद्ध मान्छे जानै सक्दैन । जव जव मान्छे ले प्रकृतिलाई चुनौति दिने दुस्प्रयास गर्छ तव तव उ विपत्ति को चपेटामा परेको जग जाहेर नै छ । क्षमाशिल ,दयावान,सहनशिलता र उच्च नैतिक आचरणले मात्र समाजमा शान्ति एवम् अमन चयन कायम हुन्छ । यसको मूल कडी भनेको अध्यात्म हो ।

प्रतिक्रिया