नेपालले भने- सर्वोच्चको समस्या छिटै समाधान हुन्छ

नेपालखोज २०७८ मंसिर २ गते १३:४८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिटै समाधान हुनुपर्ने बताएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका ३, चटकपुरमा प्रदेश पार्टी कार्यालयको आज शुभारम्भ गर्दै उनले सर्वोच्चको समस्या समाधानका लागि सत्ता साझेदार दलको बैठकले साझा धारणा बनाएर समाधान गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भइसकेकाले अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गर्नुपर्दछ ।’

अध्यक्ष नेपालले पाँचदलीय गठबन्धनको सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको र नेकपा (एमाले) बाट विद्रोह गरेर बनेको आफ्नो पार्टीप्रति देशभर जनलहर बढ्दै गएको बताउनुभयो ।

प्रतिक्रिया