सर्वोच्चमा अब गोलाप्रथाबाट मुद्दाकाे पेसी तोकिने

काठमाडौं । सर्वोच्च अदालतको आज (बिहीबार) बसेको पूर्ण बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा होमिएका न्यायाधीशहरु आज फुल कोर्ट बैठकमा सहभागी भएका थिए ।
आफंैले बैठक बोलाएका प्रधानन्यायाधीश राणा भने सहभागी भएनन् ।सर्वोच्च अदालतका १९ जना न्यायाधीश सहभागी बैठकले सर्वोच्चको नियमावली संशोधन गरेर गोलाप्रथा लागू गर्ने निर्णय गरेको हो । उक्त निर्णय मुख्य रजिष्टारमार्फत् प्रधानन्यायाधीश राणा समक्ष हस्ताक्षरको लागि पठाइने जनाइएको छ ।
प्रधान्यायाधीश राणाले हस्ताक्षर गरेपछि राजपत्रमा सूचना प्रकाशितका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइने बताइएको छ ।आन्दोलनरत न्यायाधीशहरुले राणाको राजीनामाको माग जारी नै रहेको जनाएका छन् ।
सेवाग्राहीको हितलाई ध्यान दिँदै आफूहरु गोला तानेर मुद्दा हेर्न तयार भएको आन्दोलनरत न्यायाधीशहरुले संचारकर्मीलाई प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया