अल्का अस्पतालद्वारा थप सेवा विस्तार

ललितपुर । जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले थप सुविधासहित आइभिएफ सेवा विस्तार गरेको हो । अत्याधुनिक ल्यावसहित अल्का अस्पतालले अल्का आइभिएफ सेन्टर संचालनमा ल्याएको हो ।
हामीले, विशेषज्ञहरु भित्र्याएर अल्का आइभिएफ सेन्टर संचालनमा ल्याएका छौं,’ अस्पतालका अध्यक्ष कुमार थापाले भने ‘कसरी हुन्छ सेवाग्राहीलाई सहज र सुलभ तरिकाबाट सेवा दिन हामीले थप सुविधासहित ल्याएका छौं ।’ विभिन्न कारण सन्तान नभएकाहरुलाई सेवा दिन आधुनिक उपकरणले हामी सक्षम छौं,’ अध्यक्ष थापाले भने ।
थापाले नयाँ विशेषज्ञहरुको टिमले अल्का आइभिएफ सेन्टरलाई थप उचाइँमा लैजाने विश्वास व्यक्त गरे । अल्का अस्पतालले सेवाग्राहीहरुलाई आइभिएफ सेवा अन्य अस्पतालहरुको तुलनामा शुलभ दरमा दिइने प्रतिबद्धता जनाएको छ । मंसिर १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म अस्पतालले आइभिएफ सेवा विस्तार गरेको छ ।
अल्का आइभिएफ सेन्टरबाट टेष्ट ट्युक बेबीका साथै स्त्री रोग तथा प्रसुति सेवा पनि प्रदान गरिने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया