मंगलबार, असार ५, २०८१

महालक्ष्मीको आयोजनामा १,०२८ रक्तदाताले गरे रक्तदान

नेपालखोज २०७९ जेठ १० गते १७:५८

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. २८औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाका रूपमा मनाउन लागेको बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा बृहत् रूपमा रक्तदान कार्यक्रम गरेको छ । बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ शाखामार्फत रक्तदान कार्यक्रम गरेको हो ।

बैंकले ३१ शाखामार्फत बिचबजार ८२, खुरखुरे ५५, नारायणगढ ४९, कमाने ४७, टीकापुर ४६, हेटौंडा ४४, नेपालगन्ज ४२, थापाथली ४०, महाराजगन्ज ३८, पुतलिसडक ३८, धनगढी ३६, डडेल्धुरा ३५, भक्तपुर ३२, डल्लु ३१, कावासोती ३१, भाटभटेनी ३०, दरबारमार्ग ३०, जनकपुर २९, भैरहवा २८, तीनचुली २८, झम्सीखेल २७, शंखमूल २७, न्युरोड काठमाडौं २७, कालीमाटी २६, टाँडी २३, मैतिदेवी २१, कुमारीपाटी १९, इटहरी १९, परासी १८, महेन्द्रनगर १५ र रुपनी १५ गरी कुल १०२८ (एक हजार अठ्ठाइस) पिन्ट रगत संकलन गरेको छ । यो संख्या बैंक तथा वित्तीय संस्थाहरूमार्फत रगत संकलन गरिएका रेकर्डहरुमा हालसम्मकै सबैभन्दा उच्च रहेको छ ।

स्वास्थ्य क्षेत्रमा अभावका रूपमा देखा पर्ने रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले २८औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । बैंकले देशभर फैलिएर रहेका १०३ शाखाबाट थप विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु आउँदा दिनमा पनि प्रभावकारी रुपले निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्घता व्यक्त गरेको छ ।

प्रतिक्रिया