आइतबार, जेठ ५, २०८२

आज नेपालसहित विश्वभर शौचालय दिवस मनाइँदै

नेपालखोज २०७८ मंसिर ३ गते ९:३६

काठमाडौंं । आज (शुक्रबार) विश्व शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस नेपालसहित विभिन्न देशमा विभिन्न कार्यक्रम मनाइने गरिएको छ ।

संसारका सबै मानिसहरुको पहुँचमा सुरक्षित शौचालय पुर्याउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन सुरु गरिएको हो । संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउने घोषणा गरेको हो ।

यस वर्षको दिवसको नारा ‘शौचालयको महत्व’ राखिएको छ । नेपाल २०७६ असोज १३ गते नै खुला दिसामुक्त राष्ट्र भैसके पनि अझै खुलारुपमा दिशापिसा गर्ने मानिसहरुको व्यवहारमा परिवर्तन भईसकेको छैन ।

निजी शौचालयको महत्व र सरसफाइको चेतना भने लगभग नेपालका सबै क्षेत्रका सबै समुदायमा पुगिसकेको सरकारको अनुमान रहेको छ । संयुक्त राष्ट्र संघको अध्ययन अनुसार अझै पनि ६७ करोड ३० लाख मानिसले खुला दिसापिसाब गर्ने गरेका छन् ।

प्रतिक्रिया