कोइरालाको तस्बिरमा भट्टराईको स्टाटस, यस्ता आए रोचक कमेन्ट !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न गएपछि ताप्लेजुङका सांसद एवं नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले एउटा तस्बिरसहितको फेसबुक स्टाटस लेखे । जसले छोटो समयमै चर्चा पाइसकेको थियो ।
युवा नेता भट्टराईको टिप्पणी थियो – नेपाली कांग्रेसका महामन्त्री माननीय डा. शशांक कोइरालाले आज ताप्लेजुङमा रहेको पाथीभरा माताको दर्शन गर्नुभएको छ । उहाँलाई हार्दिक स्वागत गर्दछु ।
भट्टराईको यो स्टाटसमा निकै रोचक, रमाइला प्रतिक्रियाहरु देखा परे । प्रस्तुत छ यही स्टाटसका केही कमेन्ट :
रमेश दाहाल ठुले
देशको धमिरा
शशांक र योगे ।
लीलाबहादुर शाह
कसैलाई नानाथरी गाली गरेर उसैको गुलाम गर्नुभन्दा बरु नेपाली कांग्रेस प्रवेश गर्नुपथ्यो नि योगेश दाजु । अलिकति इज्जत त बच्थ्यो ।
कृष्ण रेग्मी
साथी सुकेटारबाट ठूलो फेदीसम्मको जोखिम युक्त वाटो चाँडो बनाउनुपर्यो, लाजैमर्दो छ ।
मिलन बस्नेत
आफ्नो जन्मभूमिलाई ताप्लेजुङ त कम्तिमा प्रस्ट लेख्नुहोस् कमरेड ओलीको पछि लागेर सबै सकिनु भयछ आफु निर्वाचित जिल्लाको नाम नै बिर्सिनु भएछ ।
जमुना गजुरेल
अब यतिमात्र काम भयो है तपाईंको चाहिँ ।
रुपनारायण श्रेष्ठ
काठमाडौं बसेर स्वागत ? यो भन्दा हास्यास्पद के होला ?
मिलन गैरे
मन्दिर भत्काएर धर्म गुरुको दर्द्नाक तरिकाले हत्या गरेर सुरु गरेको राजनिती धर्मगुरुकै सरणबाट धर्म कै नाम बाट अनत्य हुनुनै प्रचण्ड पथ हो त्यसैले प्रचण्ड मुक्त नेपाल को कल्पना गरौं ।
जगत बर्मन
अलि नाटक भयो कि माननीय जी ।
अर्जुन खनाल
पाथीभरा मन्दिर यिनको बाउ को पेवा रहेछ कि के हो हँ ? जसलाई पनि स्वागत छ रे… उसको घरमा पाहुना आएको लाई स्वागत गरेको ।
मधुकर रायमाझी
बैगुनी केटो ।
मनोजकुमार न्योपाने
के लेखेको हो दाजु… सन्चो छैन जस्तो छ हजुरलाई ।
कुसाङ कान्चा
तेरो भौतिकवाद ।
सुवास देवकोटा
हेलिकप्टरमै गाकाहोलान बाजे,
यस्तो टुरिजम क्षेत्र लथालिङ छोडेका छ्न् । इटहरिबाट मन्दिरसम्मको राम्रो बाटो र खानेबस्ने सही व्यवस्था हुने भए पूर्वको ठूलै संख्यामा जनताहरु लाभान्वित र स्वरोजगार हुने थिए ।
विनोद भण्डारी
राजनीतिक सहिष्णुता ।
नरेन्द्र बराल
उहाले आउँदो अधिवेशनमा पार्टी सभापती हुन पाउँ भनेर माता पाथीभरासँग शक्ति माग्नु भएको छ उहाँलाई ताप्लेजुङको तर्फबाट शुभकामना ।
पवन पौडेल
अब तपाईलाई पुक्क हान्छन् !
अर्जुन खनाल
बाँडीचुँडी खाउँ राजनीति ।
जेविन सर्वहारा
धन्यवाद काठमाडौंमा बस्ने पाथिभाराका पुजारीज्यू ।
पौडेलजी
ताप्लेजुङ योगेशको धनीपुर्जामा परेर हो कि पाथिभरा निजी देवी भएर स्वागत भनिएको बुझिएन ।
युवराज मिश्र
भ्रष्टाचारका नाइकेहरू पाथिभरा मन्दिर जान डराउँछन् ।
सन सुप मगर
भएको अलि-अलि बुद्धि केपीले निलिदिएछन् ।
विजय सुवेदी
कठैबरा काठमाडौंबाटै स्वागत ?
भरत केसी
विज्ञापन राम्रै बजाइराछ बैगुनी केटोले ।
विनोद श्रेष्ठ
बैगुनी केटो पनि बेला-बेलामा बौलाही रहन्छ।
सुगम कटुवाल
अब राजा ज्ञानेन्द्रलाई स्वागत गर्ने बाँकी छ, बैगुनि केटो ?
संगम तामाङ
तिम्रो मन्दिर हो र स्वागत गर्न ।
भूषण अटोनेपाल
म विवेकशील हुँ, त्यसैले मलाई यो कुरा ठीक लाग्यो है । धन्यवाद छ साथी ।
सुरेन्द्र पौडेल
बैगुनी खुरापाती केटो अब जिन्दगी गुलामी गरेर बिताउँछ वामदेवको चेलो ।
अर्जुन निर्दोष
कौनसा नौलो कुरा भयो त ? हैट नेताहरुको काम नभएपछि यस्तै हो ।
अरुण गुरुङ
होइन काठमाडौं बसेर पाथिभराका तीर्थालुलाई स्वागत गर्ने ताप्लेजुँङे भैया त खतरै नेता हो कि के हो !
हेमन्त कलौनी
बाबु कांग्रेसमा जाऊ अब ।
देव भुजेल
अझै पर्यटन मन्त्रीको झझल्कोले सताइराखेको छ है कमरेड ।
अशोक खड्का
के मजाक गर्या हो यार । भरतमणिलाई पछि पार्ने कि केपी ओलीलाई ?
नेत्र रेग्मी
काम पाइनस् बुहारी… कन्या भनेजस्तो नगर है योगेश जी ।
गोविन्द सुवेदी
सकिन्छ भने पोस्ट गर्दा सबै जनताको मन छुने गर्नुस्,
यस्ता आउरे भाउरे पोस्ट नगर्नुस् नेता जी ।
प्रकाश तिरुवा
सकिन कामरेड तपाईंलाई ।
सन्देश वाग्ले
अब कोही ताप्लेजुङ घुम्न गए भने योगेश दाइले स्वागत गर्ने भए है।
अर्जुनभक्त दुम्मी
अबको तपाईंको काम भनेको यस्तै-यस्तै हुने हो योगेश दाइ । सोचेको भन्दा लाखौं गुना बैगुन अनि महत्त्वकांक्षाले तपाईंलाई यो अवस्थामा ल्याएको छ बधाई छ ।
देवेन्द्रप्रसाद कोइराला
शशांक ताप्लेजुङ गए योगेशजीले के भन्न खेजेका हुन् के ? आए गए ! साइबर… बन्न खोजेकै हुन् त ?…
गोविन्द भट्टराई
नाटकै भो त, अधिवेशन छोडेर पाथीभरा दर्शन !
रुद्र पी पन्त
कसैलाई नानाथरी गाली गरेर उसैको गुलाम गर्नुभन्दा बरु नेपाली कांग्रेस प्रवेश गर्नुपर्थ्यो नि योगेश दाजु । अलिकति इज्जत त बच्थ्यो ।
प्रतिक्रिया