सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै
नेपालखोज
२०७८ मंसिर ५ गते ९:४७

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ क्लब खेल्दैछन् ।
ब्रिगेड र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । यस्तै दशरथ रङ्गशालामै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् । खेल बेलुका पौने पाँच बजे सुरु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया