बुधबार, जेठ १, २०८२

म्यानमारलाई चीनले गर्‍याे कोरोनाविरुद्धको खोप सहयोग

नेपालखोज २०७८ मंसिर ५ गते १३:४४

यांगुन । म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पछिल्लो पटक यहाँ १० लाख मात्रा यो खोप पठाएको बताइएको छ ।

म्यानमारको सूचना मन्त्रालयले सो कुराको सूचना दिएको छ । चीन सरकारले अनुदानमा दिएको सो खोप शनिबार म्यानमारको यांगुन पुगेको सो मन्त्रालयले जानकारी दिएको छ ।

यहाँ पछिल्लो पटक कोरोनाको प्रभाव पहिलेको भन्दा केही बढेको देखिएको अधिकारीहरुले जनाएका छन् । म्यानमार सरकारले यहाँ एक करोड भन्दाबढी व्यक्तिलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिइएको छ ।

सूचना मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा यहाँका १ करोड ३ लाख नागरिकलाई यो खोप दिइसकिएको छ । यहाँ शनिबार ६२५ जनामा कोरोना संक्रमण भएको बताइएको छ ।

यो समेतगरी यहाँ पाँच लाख १७ हजार ३९५ जनामा यो भाइरसको संक्रमण देखिएको छ । यहाँ गएको २४ घन्टामा २४ जनाको यो संक्रमणबाट निधन भएको छ । यहाँ यो भाइरसबाट अहिलेसम्ममा १९ हजार भन्दा बढीको ज्यान गएको बताइएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया