चौबीस घण्टामा थप ३५१ जनामा संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ८ हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ र १ हजार ४४५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३८ जना गरि कुल ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५०९ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट २७३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख ८९० पुगेको छ । नेपालमा निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय रहेको छ ।
प्रतिक्रिया