बिहीबार, चैत १५, २०८०

मुटुबारे ३३ रोचक तथ्य !

डा. हेमराज कोइराला २०७८ मंसिर ८ गते ९:०७

१. धेरैले मुटु छातीको बाँयापट्टि हुन्छ भन्ने ठान्दछन् तर वास्तवमा मुटु बाँया र दायाँपट्टि नभएर मध्य छातीमा हल्का बायाँपट्टि ढल्किएर रहेको हुन्छ।

२. हाम्रो मुटु एक मिनेटमा ७२ पटक धड्कन्छ । यसरी धड्कदा एक घण्टामा ४,३२० (चार हजार तीन सय बीस) चोटी, एक दिनमा १,०३,६,८० (एक लाख तीन हजार छ सय असी) चोटी, एक वर्षमा ३,७८,४३,२०० (तीन करोड अठहत्तर लाख त्रीचालीस हजार दुई सय) पटक र ७० वर्षको औषत जीवानकालमा २,६४,९०,२४,००० (दुई अरब चौसट्ठी करोड नब्बे लाख चौबीस हजार) पटक धड्कन्छ ।

३. एकचोटी धड्कदा हाम्रो मुटुले ७० मि.लि. रगत पम्प गर्छ । यसरी पम्प गर्दा मुटुले एक मिनेटमा ५.०४० ( पाँच लिटर), एक घण्टामा ३०२.४०० (तीन सय दुइ लीटर), एक दिनमा ७२५७.६०० (सात हजार दुई सय सन्ताउन्न) लिटर, १ वर्षमा २६,४९,०२४ ( छब्बीस लाख उनन्चास हजार चौबीस लिटर) रगत पम्प गर्ने गर्दछ भने ७० वर्ष औषत आयुमा १८, ५४, ३१,६८० (अठार करोड, चौबन्न लाख एकतीस हजार आठ सय साठी) लीटर रगत पम्प गर्ने गर्दछ ।

४. हाम्रो मुटु हामी यस संसारमा जन्मलिनुभन्दा पहिलेदेखि नै अर्थात् गर्भाधान भएको ६ सातादेखि नै धड्कन थाल्दछ र हामी बाचुन्जेल धड्की रहन्छ । यस बीचमा मुटुको मांशपेशीले कहिले पनि विश्राम लिदैन जब लिन्छ त हाम्रो जीवननै समाप्त हुन्छ ।

५. मुटुको मंशपेसीले दुई धड्कन बीचको समयमा आराम गर्ने विश्वास वैज्ञानीकहरुले गरेका छन् ।

६. मुटुको तौल पुरुषमा ३५० ग्राम र महिलामा २५० ग्राम बराबरको हुने गरेको छ ।

७. हाम्रो शरीरमा लगभग १००० खरब कोषहरु छन् । ती हरेक कोष आफैमा एक स्वतन्त्र जीवन हुन् । हाम्रो शरीरलाई जस्तै हरेक कोषलाई बाच्नको निम्ति खानाको पाचन पश्चात् प्राप्त पौष्टिक तत्व र प्राण वायु अक्सिजनको आवश्यकता पर्दछ । ती हरेक कोष कोषहरुमा पोषकतत्व र अक्सिजन पु¥याउने काम रक्त सञ्चारद्वारा मुटुले पुरा गर्दछ ।

८. रगतमा अक्सिजनको ओसार-पसार गर्ने काम राता रक्तकोषहरुले गर्ने गर्दछन् । हाम्रो शरीरमा लगभग २५० खरब राता कोषहरु छन् । यी हरेक राता रक्तकोषहरुको औषत आयु लगभग १२० दिनको हुन्छ ।

९. प्रत्येक दिन हाम्रो रगतमा २५० अरब नयाँ राता रक्तकोषहरू थपिने र लगभग उसै संख्यामा राता रक्तकोषहरु माारिने पनि गर्दछन् ।

१०. सबैभन्दा धेरै हृदयघाट हुने बार सोमबार हो । भने सबैभन्दा धेरै हृदयघात हुने दिन क्रिसमस दिवस हो ।

११. महिलाको हृदय पुरुषको हृदयभन्दा छिटो चल्ने गर्दछ ।

१२. मुटुको मांशपेशीलाई संसारको सबैभन्दा तगडा मांशपेशी मानिन्छ । किनकी यो मांशपेशी हाम्रो जन्म हुनु पूर्व देखि हामी नमरुन्जेल सम्म अविश्रान्त धड्की रहन्छ ।

१३. हाम्रो शरीरमा लगभग ६०,००० (साठ्ठी हजार माइल) ९६५९० किमी रक्त नलीहरु छन् र यी सबै रक्तनलीमा मुटुले रक्त आपुर्ती गरिरहन्छ ।

१४. हाम्रो मुटुलाई शरीरबाट अलग्गै राखेर पर्याप्त पोषक तत्व र अक्सिजन उपलब्ध गराइयो भने पनि मुटु धड्की रहन्छ । किनकी मुटुको आफ्नै विद्युतिय संवेग भएकाले आफै धड्किन रहन पनि सक्छ ।

१५. आजसम्म मानवमा सबैभन्दा कम २६ धड्कन प्रतिमिनेट र सबैभन्दा ज्यादा ४८० धड्कन प्रतिमिनेट रेकर्ड गरिएको छ ।

१६. हामी जस्तो भावनाले ओतप्रोत हुन्छौ हाम्रो मुटु पनि त्यसै भावना अनुरूप धड्किने गर्दछ ।

१७. बच्चाहुँदा मुटुको ढुकढुकी सबैभन्दा धेरै १६० पटक सम्म र बुढेसकालमा ३० देखि ४० पटकसम्म हुनसक्छ ।

१८. महिला र पुरुषमा हार्ट एट्याक को लक्षण अलग–अलग हुन्छ ।

१९. मुटुले आँखाको कोर्नीयाका कोषहरुलाई छाडेर बाँकी ७५ ट्रिलियम कोषहरुलाई हरपल रगत आपूर्ती गराई रहेको हुन्छ ।

२०. मुटु धड्किदा आउने लव–डव आवाज मुटुको भल्वहरु खुल्दा र बन्द हुँदा आउने गर्दछ ।

२१. ३००० हजार साल पुरानो इजिप्टमा संरक्षित मम्मीहरुमा पनि मुटु सम्बन्धि अनेकौ रोग भेटिएका छन् यसर्थ मुटुरोग पुरानो रोग हो ।

२२. मुटुको क्यान्सर अत्यन्तै विरलै हुने गर्दछ ।

२३. कोकीन खाने व्यक्तिको मुटुको शरीर बाहिर निकाले पनि धेरै बेरसम्म धड्किरहन्छ ।

२४. शरीरभन्दा बाहिर रगत पम्प गराउदा मुटुले ३० फिट माथि सम्म रगत पम्प गर्न सक्छ ।

२५. प्रेमको चिन्हको रुपमा मुटुको चित्रलाई सन् १९५० देखि प्रयोग गरिदै आइएको छ ।

२६. मुटु रोगको कारणले हेरक वर्ष १ करोड ७९ लाख मानिसहरु अकालमा मारिने गरेका छन् ।

२७. मुटुको विद्युतिय गतिविधि मापन गर्ने यन्त्र ईसीजीको आविष्कार सन् १९०३ मा नेदरल्याण्डका चिकित्सक वीलियम एन्थोभीएन ले गरेका छन् ।

२८. मुटुको पहिलो सल्यक्रिया सन् १८९३ मा भएको थियो भने १९५० मा पहिलो कृतिम भल्भ हालिएको थियो । यसैगरी १९६७ मा पहिलो मुटु प्रत्यारोपण गरिएको थियो तर मुटु प्रत्यारोपित गर्ने व्याक्ति केवल १८ दिन सम्म मात्र बाचेको थियो तर सन १९८२ मा गरिएको सफल प्रत्यारोयण पश्चात प्रत्यारोपित गर्ने व्याक्ति लामो समय सम्म बाचेको थियो ।

२९. ३ वटा मुटु भएको जनावर अक्टोपसका हो ।

३०. शरीर र मुटुको आकारको अनुपातको हिसाबले कुकुरको मुटु अन्य प्राण्ीको भन्दा मुटु भन्दा ठूलो हुन्छ ।

३१. अजिंगरको मुटु खाना खादाँ फैलिन्छ ।

३२. संसारमा सबैभन्दा ठूलो मुटु भएको जनावर ब्लू ह्वेल हो भने सबैभन्दा सानो मुटु भएको जनावर फेरी फ्लाई Fairy Fly हो ।

३३. संसारमा सबैभन्दा ज्यादा धड्कीने मुटु मलेसियाली मुसा Etruscan Shrew को हो । भने सबैभन्दा कम धड्कने मुटु अमेरिकन लोखर्के Hibernating Groundhog को हो जसको मुटुको चाल क्रमश: १५११ धड्कन प्रति मिनेटको र ५ धड्कन प्रति मिनेट रहेको छ ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया