अग्नीपीडित परिवारलाई राहत वितरण

नेपालखोज २०७८ मंसिर ८ गते ८:२०

हेलम्बु । हेलम्बु गाउँपालिका इचोकका अग्नीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ । वाग्मती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य युवराज दुलाल, वाइसीएल जिल्ला इन्चार्ज सुरेश राना, माओवादी २ नं क्षेत्रीय अध्यक्ष भरत थापा, हेलम्बुका अध्यक्ष पेमा ह्योल्मो, जिल्ला कमिटी सदस्य सिपी दुलाल, हेलम्बु–५ का अध्यक्ष मिङमार तामाङलगायतको टोलीले मङ्गलबार पीडित परिवारलाई भेटेर राहत सामग्री वितरण गरेको हो ।

टोलीले पीडित प्रतिपरिवारलाई १७ हजार रुपैयाँसहित तीन बण्डल जस्तापाता, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा वितरण गरेको जिल्ला कमिटी सदस्य सिपी दुलालले जानकारी दिए । 

सोमबार साँझ इचोक सुर्सिङ झाँक्रीटोलमा सञ्च तामाङको गोठमा आगलागी हुँदा ६ वर्षीय मनोज तामाङ, पाँच वर्षीय मनिष तामाङ र  पाँच वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया