बिहीबार, वैशाख १३, २०८१

कोरोनाकाे अहिलेकाे अवस्थाबारे के भन्छन् विज्ञ ?

नेपालखोज २०७८ मंसिर ९ गते ८:५७

काठमाडाैं । भारतमा कोरोनाको पहिलो र दोस्रो लहरपछि अब तेस्रो लहर आउने संम्भावना छैन । अहिले कोरोनाका बिमारी पहिले जसरी आइरहेका छैनन् । यसबाट स्पष्ट हुन्छ कोरोनाविरुद्धको खाेपले मानिसहरुलाई राम्रो सुरक्षा प्रदान गरिरहेको छ । तत्कालका लागि हामीलाई खाेपको बुस्टर डोजको आवश्यकता पनि छैन ।

यी कुरा एम्सका निर्देशक डा. रणदीप गुलेरियाले बताएका हुन् । डा. गुलेरियाले नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा भने, ‘अब समयक्रमसँगै यो महामारी पनि स्थानीय हुनेछ । आईसीएमआरका महानिर्देशक डा. बलराम भार्गवद्वारा लिखित पुस्तक ‘गोइङ भाइरल: मेकिङ अफ कोभ्याक्सिन- द इनसाइड स्टोरी’ को विमोचनका अवसरमा डा. गुलेरीयाले बताएअनुसार खाेप लगाएपछि कोरोना तीव्र रुपमा घटिरहेको छ ।

मानिसहरुले अस्पताल नै भर्ती हुनुपर्ने स्थितिमा पनि निकै कमी आएको छ अनि जसरी समय बितिरहेको छ समयसँगै कोरोना फर्किएर आउने आशंका पनि कम हुँदै गएको छ ।

डा. गुलेरीया भन्छन्, ‘अब भारतमा कोरोनाको पहिलो तथा दोस्रो लहर जस्तो लहर आउने कुनै सम्भावना छैन । कोरोनाका बिरामीहरु त आइरहन्छन् तर यसको गम्भीरता धेरै कम भएर जानेछ । कोरोनाविरुद्धको खाेपको बुस्टर डोजको आवश्यकताका सम्बन्धमा उनले भने, ‘अहिले कोरोनाका बिमारीहरुमा कुनै वृद्धि देखिएको छैन, भएका बिमारीहरु निको हुँदैछन यसले संक्रमितहरु लगातार घटिरहेका छन् ।’

यसबाट स्पष्ट हुन्छ की खाेपले कोरोना भाइरसबाट जोगाउने मामिलामा राम्रो काम गरिरहेक‍ो छ । त्यसैले अहिले तत्काल खाेपको बुस्टर डोज वा तेस्रो डोजको कुनै आवश्यकता छैन । महामारी समाप्त भएको छैन, अनिवार्य रुपमा खाेप लगाउँ भारतक‍ो नीति आयोगका सदस्य (स्वास्थ्य) डा. बीके पालकाअनुसार तेस्रो डोजकाे निर्णय विज्ञानमा आधारित हुनुपर्छ ।

हामी बुस्टर डोजका सम्बन्धमा अध्ययन गरिरहेका छाैं, हामी डाटा र रिसर्चका माध्यमबाट यो विषयलाई राम्रोसँग बुझ्ने प्रयास गरिरहेका छाैं ।

उनी भन्छन्, ‘वयस्क मानिसहरुले खाेपको दुवै डोज लगाउनु अत्यन्तै जरूरी छ । जसले खोप लगाएका छैनन् उनीहरुले पनि प्राथमिकताका साथ खोप लगाउनुपर्छ । डा. वीके पालकाअनुसार कोरोना महामारी जारी छ यसलाई समाप्त भएको नमानाैं, य‍ो भविष्यमा फर्किएर आउँदैन भन्ने पनि होइन ।

यो स्थानीय स्तरमा सिमित हुनसक्छ भने भाइरसले रूप बदलिएर हाम्रो सारा तयारीलाई प्रभावित गर्नसक्छ । त्यसैले हामी सुरक्षा कम गरेर जोखिम उठाउन सक्दैनौं ।

अझै केही समय कोभिडका नियमहरुको पालना जारी राख्नु पर्छ । यसका लागि खोप अभियानसँगै मास्कको प्रयोग र सोशल डिस्टेसिङको पालना जरूरी भएको उनले बताए ।

प्रतिक्रिया